स्याटेलाइट सेवा सम्झौता नवीकरण

यस त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको स्याटेलाइट क्लिनिक संचालन गर्नेबारे सम्झौता नवीकरण भएको छ। आज बिहिबार दुई अस्पतालले भाद्र १ देखि २०८० भदाैं मसान्तसम्मका लागि उक्त सम्झौता नवीकरण गरेको छ ।

त्रिशुली अस्पतालकातर्फबाट मेसु डा. दीपेन्द्र पाण्डे र कान्ति बाल अस्पतालका तर्फबाट निर्देशक डा. युवानिधी बस्यौलाले सझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रमा कान्ति बाल अस्पतालले स्याटेलाइट क्लिनिक संचालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्ने र त्रिशुली अस्पतालले कान्ति अस्पतालको स्याटेलाइट सेवा प्रभावित नहुने वातावरणको सृजना गरिदिनुपर्ने उल्लेख छ ।

संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभूत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि सुरु भएसँगै त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको सेवा उपलब्ध हुन थालेको हो ।

Leave a Reply