हब अस्पताल सम्झौता

rural hospital strengthening project general agreement signing ceremony

जिल्ला अस्पताल त्रिशुली अस्पताल अब ‘हव अस्पताल’को रूपमा विकास गर्ने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ ।

त्रिशुली अस्पतालका अध्यक्ष राजु पण्डित, निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. अनिल बहादुर श्रेष्ठ र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ पनि उपस्थित रहनु भएको थियो ।

इन्स्टिच्युटले वार्षिक २ करोड ४० लाखका दरले ४ वर्षमा १० करोड रूपैयाँको विभिन्न सहयोग गर्ने भएको छ । जनशक्ति, औजारउपकरण, भौतिक पूर्वाधार र तालिमका लागि इन्स्टिच्युटले सहयोग गर्ने यस त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply