रक्तदान कार्यक्रम

निजामति सेवा दिवस २०७९ को अवसरमा त्रिशुली अस्पतालको संयोजनमा आज मिति २०७९।०५।२२ गते रक्तदान कार्यक्रम गरिएको छ ।

उक्त रक्तदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, प्रहरी उपरिक्षक रमेश पण्डित, वरिष्ठ प्रहरी उपरिक्षक उत्तम पुडासैनी लगायत विभिन्न सरकारी कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी जम्मा ६० जनाले रक्तदान गर्नु भएको थियो ।

Leave a Reply