हेमोडायलिस सेवा सुरु

आज मिति २०७९ साउन ११ गते यस त्रिशुली अस्पतालको आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा मृगौला रोगका बिरामीको लागि हेमोडायलिस सेवा सुरु गरेको छ । जिल्लाभित्र रहेका नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी मृगौला उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।

उक्त हेमोडायलिस विभागको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले उद्घाटन गर्नु भएको थियो । समारोहलाई सम्बोधन गर्नुहुदैं जिसस प्रमुख ठकुरीले नुवाकोटमा मृगौलासम्बन्धी हेमोडायलिस सेवा नहुदाँ काठमाण्डौं जानुपर्ने बाध्यता रहेकोमा उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलाईसिसको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

अस्पतालले वार्षिकोत्सवको अवसरमा मृगौला परीक्षण सेवाको लागि हेमोडायलिस विभाग सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेले बताउनुभयो । मिर्गौलाले सामान्यरूपमा काम नगरेको व्यक्तिको रगत शुद्ध बनाउने सेवा अस्पतालमा सुरु गरेको बताउनुभयो ।

अस्पताल संचालक तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले मृगौला डायलाईसिसको लागि हाललाई दुईजना नर्सले सेवा प्रदान गर्ने र अन्य चिकित्सक तथा प्राविधिक उपकरण थप गर्दै लगिने बताउनुभयो ।

Leave a Reply